८ श्रावण २०८३, शुक्रबार

ज्योति विकास बैंकको नाफा १२.७५ प्रतिशत बढ्यो



काठमाडौं । ज्योति विकास बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा १२.५७ प्रतिशत बढेर ३४ करोड ४० लाख १६ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ३० करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

पौष मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ४१.७३ प्रतिशत बढेर ९१ करोड ८४ लाख ९८ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ६४ करोड ८० लाख ८२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समिक्षा अवधिमा बैंकको सञ्चालन नाफा १२.३५ प्रतिशत बढेर ४९ करोड १२ लाख ४३ हजार रुपैयाँ बढेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ४३ करोड ७३ लाख २२ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको ६ महिनामा बैंकको चुक्ता पूँजी ११ प्रतिशत बढेर ४ अर्ब २६ करोड ७७ लाख ५३ हजार रुपैयाँ, जगेडा कोष २२.०२ प्रतिशत बढेर ९८ करोड ११ लाख ६७ हजार रुपैयाँ, निक्षेप ६.६८ प्रतिशत बढेर ४८ अर्ब २५ करोड ४१ लाख ३३ हजार रुपैयाँ र कर्जा ४७ अर्ब ७३ करोड ८३ लाख ८९ हजार रुपैयाँ रहेको छ ।

बैंकको खराब कर्जा १.४७ प्रतिशत, कस्ट अफ फण्ड ७.१९ प्रतिशत र बेस रेट ९.२३ प्रतिशत रहेको छ । बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ ३७ पैसा घटेर १६ रुपैयाँ १२ पैसामा सिमित भएको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकको प्रतिशेयर आम्दानी १७.४९ पैसा रहेको थियो । बैंकको प्रतिशेयर नेटवर्थ १२५ रुपैयाँ ३५ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्