८ श्रावण २०८३, शुक्रबार

सोमबार थप १० हजार ३१९ जनामा कोरोना संक्रमण , ४ जनाको मृत्यु



काठमाडौं । सोमबार पछिल्लो २४ घण्टामा थप १० हजार ३ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २१ हजार २०१ नमुना परीक्षण गर्दा थप १० हजार ३ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २ हजार ५४० जना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मुत्यु भएको छ । । हाल देशभरमा ८२ हजार ५५० संक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घणटामा थप भएका संगै कोरोना संक्रमित हुनेको संखया ९ लाख १८ हजार ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८ लाख २४ हजार २ सय ३९ जना संक्रमणमुक्त भएका छन् । जसमध्ये ११ हजार ६ सय ५९ जनाले हालसम्म ज्यान गुमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्