मञ्जुश्री फाइनान्सको नाफासँगै ईपीएस १२.३३ रुपैयाँ घट्यो « Arthapath.com
११ माघ २०७८, मंगलवार

मञ्जुश्री फाइनान्सको नाफासँगै ईपीएस १२.३३ रुपैयाँ घट्यो



काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ३३.५२ प्रतिशत घटेर ७ करोड ५३ लाख ८९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा फाइनान्सले ११ करोड ३४ लाख २ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी २.२४ प्रतिशत बढेर १९ करोड ७७ लाख २६ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा फाइनान्सले १९ करोड ३३ लाख ८७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा फाइनान्सको खुद फि तथा कमिशन आम्दानी १६०.७७ प्रतिशत बढेर ५ करोड ३ लाख ११ हजार रुपैयाँ, सञ्चालन मुनाफा ३०.८६ प्रतिशत घटेर १० करोड ७६ लाख ९८ हजार रुपैयाँ र वितरण योग्य मुनाफा ५ करोड ८५ लाख रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा फाइनान्सको चुक्ता पूँजी ४० प्रतिशत बढेर १ अर्ब ३५ करोड १५ लाख ५३ हजार रुपैयाँ, जगेडा कोष ४६.५९ प्रतिशत घटेर ४२ करोड २६ लाख ४३ हजार रुपैयाँ, निक्षेप १६.१९ प्रतिशत बढेर १० अर्ब ३५ करोड ४४ लाख ५ हजार रुपैयाँ र कर्जा ४१.७३ प्रतिशत बढेर ८ अर्ब ८२ करोड ८६ लाख ५९ हजार रुपैयाँ रहेको छ ।

फाइनान्सको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ३३ पैसा घटेर ११ रुपैयाँ १६ पैसामा सिमित भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्सको प्रतिशेयर अँमदानी २३ रुपैयाँ ४९ पैसा रहेको थियो । फाइनान्सको मूल्य आम्दानी अनुपात ६७.९० गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ रहेको छ । फाइनान्सको खराब कर्जा १.३ प्रतिशत, सीडी रेसियो ८८.५३ प्रतिशत, कस्ट अफ फण्ड ८.१ प्रतिशत, बेस रेट ९.८ प्रतिशत र इन्ट्रेस्ट रेट स्प्रिड ३.९५ प्रतिशत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्