क्रिप्टोकरेन्सी, नेटर्वक मार्केटिङ्ग नगर्न नेपाल बैंकर्स संघको आग्रह
काठमाडौं । नेपाल बैंकर्स संघले क्रिप्टो तथा भर्चुअल करेन्सी तथा नेटर्वक मार्केटिङ्ग कारोबार–व्यवसाय नगर्न आग्रह गरेको छ ।
नेपालमा विदेशी विनिमय वा मुद«ाका रुपमा क्रिप्टो–भर्चुअल करेन्सीले मान्यता नपाएकोले कारोबार नगर्न संघले आग्ह गरेको हो । संघले प्रेष विज्ञप्ति जारी गर्दै क्रिप्टो–भर्चुअल तथा नेटर्वक मार्केटिङ्ग लगायतका गैरकानूनी वित्तीय औजारमा आवद्घ भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पूँजी पलायन हुने भएकाले कारोबा नगर्न भनेको हो ।
यदि त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न भई नेपाल भित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र बिदेशमा बस्ने नेपाली नागरिकहरुदाई त्यस्तो कार्य गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा सर्वसाधारण सबैको जानकारी गराएको हो ।














