२१ भदौ २०८३, आइतबार

ज्योति विकास बैंकले ४.५% नगद लाभांश खातामै पठायो



काठमाडौं । ज्योति विकास बैंकले ४.५% नगद लाभांश सम्बन्धित सेयरधनीको खातामा जम्मा गरिदिएको छ । बैंकले पुस ८ गतेसम्म डिम्याट खातासँग बैंक खाता अध्यावधिक गराएकाहरुको नगद लाभांश खातामै पठाइदिएको हो । पुस ८ पछि डिम्याट गर्नेहरुको पनि नगद खातामै जम्मा गर्ने तयारी भइरहेको बैंकले जानकारी गराएको छ ।

हालसम्म पनि आफ्नो सेयर भौतिक रुपमा राखेका सेयरधनीले भने डिम्याट गरी बैंक खाता अद्यावधिक गराएपछि मात्र लाभांश पाउने छन् । डिम्याट नगरेकालाई तत्काल सेयर डिम्याट गर्न आग्रह गरिएको छ । त्यसका लागि आफूले खाता खोलेको कुनै पनि बैंक तथा वित्तीय संस्था वा अन्य कुनै पनि निक्षेप सदस्यमार्फत डिम्याट खाता खोल्न सकिनेछ ।

यसपछि मात्र सम्बन्धित सेयरधनीको डिम्याट खातामा नगद लाभांश जम्मा हुनेछ । यसैगरी, सेयर धितोमा राखेकाहरुले भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट स्वीकृतिपत्र कम्पनीमा उपलब्ध गराएपछि नगद लाभांश बैंक खातामा पाउनेछन् । ज्योतिको पुस २३ गते सम्पन्न साधारण सभाले ११% बोनस सेयर र ८.४०% नगद लाभांश दिने प्रस्ताव पारित गरेको थियो ।