बुधबार थप ८४५४ जनामा कोरोना संक्रमण, ५ जनाको मुत्यु
काठमाडौं । बुधबार थप ८ हजार ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३ सय ५९ जनामा गरिएकने परिक्षणमा थप ८ हजार ४ सय सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा थप ५ जनाको मुत्यु भएको छ भने ४ हजार ४ सय ४३ जना निको भएका छन् । हाल देशभर ९० हजार ६७ जना संक्रिय सक्रमित रहेका छन् ।
हालसम्म कोरोना संक्रमित हुनेको संख्या १० लाख ५४ हजार ८८ र संक्रमणमुक्त हुनेको संख्या ८ लाख ३१ हजार ७ सय १२ र ज्यान गुमाउनेको संख्या ११ हजार ६ सय ७२ जना पुगेको छ ।














