साताको दोस्रो दिन नेप्सेमा दोहोरो अंकको वृद्धि, ५ अर्ब २ करोड बढीको कारोबार
काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको वृद्धि भएको छ ।
आज नेप्से १५.६९ अंकले बढेर दुई हजार ८ सय ५१ दशमलब ८६ विन्दुमा पुगेको हो । त्यस्तै, आज ५ अर्ब २ करोड २० लाख बराबरको कारोबार भएको छ ।
त्यस्तै आज जम्मा शेयर कारोबार भने ९५ लाख १२ हजार ५८० वटा शेयर कारोबार भएका हुन् । त्यस मध्ये शेयरको कुल लेनदेन भने ६६ हजार ११३ भएको छ ।