नेशनल हाइड्रोपावरको १९.५ प्रतिशत लाभांश घोषणा, ५० प्रतिशत हकप्रद प्रस्ताव पारित गर्न साधारण सभा बोलायो
काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७७–०७८ को नाफाबाट लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समितिको फागुन १ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ३८ करोड ५१ लाख ८६ हजार २ सय रुपैयाँको १८.५२५ प्रतिशत अर्थात २५ करोड ६६ लाख ५ हजार ७४३.५५ रुपैयाँ बोनस शेयर र कर प्रयोजनार्थ ०.९७५ प्रतिशत अर्थात १ करोड ३५ लाख ५ हजार ५६५.४५ रुपैयाँको नगद गरी कूल १९.५ प्रतिशत अर्थात २७ करोड १ लाख ११ हजार ३०९ रुपैयाँ लाभांश वितराण् गर्ने प्रस्ताव गरेको हो ।
साथै कम्पनीको उक्त बैठकले २५ औँ वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको २५ औँ वार्षिक साधारण सभा फागुन ३० गते काठमाण्डौको नयाँबानेश्वरमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट बोलाएको हो ।
कम्पनीको सभाले लाभांश पारित गर्नेछ । बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
हकप्रद शेयर जारी गर्नका लागि नियमनकारी निकायबाट संशोधन, थपघट वा परिवर्तन गर्न कुनै निर्देशन भएमा सो कार्यहरु गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
सभाले सुनकोशी हाइड्रोपावर कम्पनीलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गर्ने र गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन छलफल गरी पारित गर्ने छ ।
लाभांश र सभा प्रयोजनार्थ कम्पनीले फागुन १३ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले फागुन १२ गतेसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् ।














