बुटवल पावरको १० प्रतिशत नगद लाभांश सेयरधनीको बैंक खातामा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

बुटवल पावरको १० प्रतिशत नगद लाभांश सेयरधनीको बैंक खातामा



काठमाडौ । बुटवल पावर कम्पनीले १०% नगद लाभांश सेयरधनीको बैंक खातामा पठाइसकेको छ । कम्पनीले माघ २७ गतेदेखिनै नगद लाभांश खातामा पठाउन सुरु गरेको हो ।

तर अहिलेसम्म डिम्याट खाता नखोलेका र बैंक खाता अद्यावधिक नगराएका सेयरधनीले खाता खोलेर अद्यावधिक गराएपछि मात्र नगद लाभांश पाउनेछन् । बुटवल पावर कम्पनीको गत पुस २६ गते साधारण सभा सम्पन्न भएको थियो ।

उक्त साधारण सभाले सेयरधनीलाई १०% बोनस सेयर र १०% नगद गरी कुल २०% लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । बोनस सेयर भने केही समयपछि डिम्याट खातामा जम्मा हुनेछ ।


प्रतिक्रिया दिनुहोस्