प्रुडेन्सियल क्यापिटलको २ लाख २१ हजार कित्ता शेयर बिक्री खुला, कति छ मूल्य ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

प्रुडेन्सियल क्यापिटलको २ लाख २१ हजार कित्ता शेयर बिक्री खुला, कति छ मूल्य ?



काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट क्यपिटल कम्पनी प्रालीको स्वामित्वमा रहेका विभिन्न ४ कम्पनीको संस्थापक शेयर आज फागनु १३ गतेदेखि बिक्री खुला गरिएको छ । कम्पनीको स्वामित्वमा रहेका आइसिएफसि फाइनान्स, नेशनल लाईफ इन्स्योरेन्स कम्पनी, नेपाल ग्रामिण विकास लघुवित्त वित्तीय संस्था र नेपाल लाइफ इन्स्योरेन्सको गरी संस्थापक २ लाख २१ हजार कित्ता शेयर बिक्री खुला गरिएको हो ।

आइसिएफसि फाइनान्सको ४८ हजार कित्ता संस्थापक शेयर रहेका छन् । उक्त शेयरको मूल्य प्रतिकित्ता १९५ रुपैयाँ तोकिएको छ ।

त्यस्तै, नेशनल लाईफको १ लाख कित्ता शेयर बिक्री गरेको हो । उक्त शेयरको मूल्य प्रतिकित्ता ३९० रुपैयाँ तोकिएको छ ।

त्यस्तै, नेपाल ग्रामिण विकास लघुवित्तको २३ हजार कित्ता शेयर बिक्री गरेको हो । उक्त शेयरको मूल्य प्रतिकित्ता ३७५ रुपैयाँ तोकिएको छ ।

त्यसैगरी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ५० हजार कित्ता शेयर बिक्री गरेको हो । उक्त शेयरको मूल्य प्रतिकित्ता ९ सय रुपैयाँ तोकिएको छ ।

उक्त शेयरमा विद्यमान संस्थापक वा जो कोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले आजदेखि फागनु २० गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । लगानीकर्ताहरुले सो मूल्य वा सो मूल्यभन्दा बढी बोलकबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ । लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम २ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।

बोलपत्र एनआईसी एशिया क्यापिटल बबरमहल काठमाडौंमा आइपुग्ने गरी पेश गर्नुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस्