एचआइडिसिएल संस्थापक शेयर लिलामी प्रक्रिया स्थगित गर्न नेपाल धितोपत्र बोर्डको पत्र
काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) को संस्थापक शेयर लिलामी प्रक्रिया स्थगित भएको छ ।
एचआइडिसिएलले यसअघि बिक्री नभएको शेयर पुनः लिलाम बढाबढ गरी फागुन १ गतेदेखि बिक्री खुल्ला गरेको थियो ।
कम्पनीले जारी गरेको हकप्रद शेयरमध्ये संस्थापक समूह अन्तर्गत बिक्री नभएको ३ करोड ३० लाख कित्ता शेयर पुनः लिलाम बढाबढ गर्न फाल्गुण १५ सम्मको समय तोकेको थियो ।
नेपाल धितोपत्र बोर्डको फागुन १२ गतेको पत्र अनुसार अर्काे सूचना जारी नभएसम्मका लागि उक्त लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री कार्य हाललाई स्थगित गरिएको हो ।














