नेप्सेमा ८ करोड ६२ लाख कित्ता बोनस शेयर र २९ अर्ब ५० करोडको ऋणपत्र सूचीकृत, कुनको कति ? « Arthapath.com
२३ जेष्ठ २०८२, शुक्रबार

नेप्सेमा ८ करोड ६२ लाख कित्ता बोनस शेयर र २९ अर्ब ५० करोडको ऋणपत्र सूचीकृत, कुनको कति ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । आइतबार (फागुन ८ गते) देखि शुक्रबारसम्म विभिन्न १२ कम्पनीको बोनस शेयर सूचीकृत भएको हो ।

यस साता मितेरी डेभलपमेन्ट बैंक, गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स, नेपाल बैंक लिमिटेड, गुडविल फाइनान्स लिमिटेड, सनराइज बैंक लिमिटेड, नेपाल बङ्गलादेश बैंक लिमिटेड, लक्ष्मी बैंक लिमिटेड, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, ग्लोबल आइएमई बैंक, प्रभु बैंक, बुटवल पावर कम्पनी र फष्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको गरी कूल ८ करोड ६२ लाख ३९ हजार १३६.६० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको जनाएको छ ।

१. मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको १३.३० प्रतिशत बोनस शेयर बापतको १० लाख ६० हजार ५११.३३ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०।७० प्रतिशत नगद गरी कूल १४ प्रतिशत लाभांश वितरण गरेको थियो ।

२. गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको १० प्रतिशत बोनस शेयर बापतको ८ लाख ६४ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । फाइनान्स कम्पनीले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद गरी कूल १०.५२६३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

३. नेपाल बैंक लिमिटेडको १४ प्रतिशत बोनस शेयर बापतको १ करोड ७६ लाख ९१ हजार ४६२.०७ कित्ता बोनस शेयर सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्षको नाफाबाट कायम चुक्ता पूँजीको शेयरधनीहरूलाई १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ३ प्रतिशत नगद गरी कूल १७ प्रतिशत लाभांश वितरण गरेको थियो ।

४. गुडविल फाइनान्सको ९.१ प्रतिशत बोनस शेयर बापतको ७ लाख ८९ हजार १५२ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । फाइनान्सले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट चुक्ता पूँजीको शेयरधनीहरूलाई ९.१ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ३.९ प्रतिशत नगद गरी कूल १३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

५. नेपाल बङ्गलादेश बैंक लिमिटेडको १२ प्रतिशत बोनस शेयर बापतको १ करोड ८ लाख ५ हजार ७८५.४३ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्षको नाफाबाट चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ३.५० प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

६. सनराइज बैंक लिमिटेडको ६.६५ प्रतिशत बोनस शेयर बापतको ६३ लाख ९ हजार ४८३.०९ कित्ता बोन शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट चुक्ता पूँजीको ६.६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३५ प्रतिशत नगद लाभांश गरी कूल ७ प्रतिशत लाभांश वितरण गरेको थियो ।

७. लक्ष्मी बैंक लिमिटेडको ८ प्रतिशत बोनस शेयर बापतको ८५ लाख ५६ हजार ५५१.८९ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ३.५ प्रतिशत नगद गरी कूल ११.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

८. गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ५.५००४ प्रतिशत बोनस शेयर बापतको १० लाख ८६ हजार ६५४ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले आर्थिक बर्ष २०७५–७६ को नाफाबाट कायम चुक्ता पूँजीको ५.५००४ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०।२८ प्रतिशत नगद गरी कूल ५.७८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

९. ग्लोबल आइएमई बैंकको १० प्रतिशत बोनस शेयर वापतको २ करोड १६ लाख ३२ हजार ५०३.०३ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.५ प्रतिशत नगद गरी कुल १३.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

१०. प्रभु बैंकको १२ प्रतिशत बोनस शेयर वापतको १ करोड ३६ लाख १६ हजार ४६८.७६ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आव २०७७–७८ को मुनाफाबाट चुक्ता पूँजीको १२ प्रतिशत बोनश शेयर र बोनश शेयरको कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद गरी कूल १२.६३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

११. बुटवल पावर कम्पनीको १० प्रतिशत बोनस शेयर २९ लाख ४९ हजार ६६३ कित्ता बोनस शेयर सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको हो ।

१२. फष्र्ट माइक्रोफाइनान्स लघुवित्तको १० प्रतिशत बोनस शेयर वापतको ८ लाख ७६ हजार ८१२ कित्ता बोनस शेयर सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक बर्षको नाफाबाट कायम चुक्ता पूँजीको १० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद लाभांश गरी कूल १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

साथै, यस साता नेप्सेमा २९ अर्ब ५० करोडको ऋणपत्र सचीकृत भएको छ । स्टकका अनुसार नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले निष्काशन गरेको २ वर्ष अवधि भएको २०८० ‘ङ’ नामको १० अर्ब, ४ वर्ष अवधि रहेको २०८२ ‘ङ’ नामको १० अर्ब र २ वर्ष अवधिको २०८० ‘च’ नामको ९ अर्ब ५० करोड रूपैयाँ बराबरको विकास ऋणपत्र नेप्सेमो सूचीकृत भएको हो । नेप्सेले धितोपत्र सूचिकरण विनियमावली २०७५, को विनियम ८ अनुसार उक्त ऋणपत्रहरू सूचीकृत गरेको हो ।


प्रतिक्रिया दिनुहोस्