कामना सेवा विकास बैंकद्वारा थप ३ वटा स्थानमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन « Arthapath.com
१६ फाल्गुन २०७८, सोमबार

कामना सेवा विकास बैंकद्वारा थप ३ वटा स्थानमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन



काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुरयाउने उद्देश्यका साथ थप ३ स्थानमा मोबाइल एप मार्फत शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ ।

बैंकले सेवा विस्तार गर्ने क्रममा फागुन १५ गतेबाट रुपन्देही जिल्लाको देवदह नगरपालिका ८, अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका २, सितापुर र लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका ७ रामबजारमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

देवदह नगरपालिकामा देवदह मोबाइल एण्ड कम्प्युटर (घनश्याम केसी), सितगंगा नगरपालिकामा सचिन मोबाइल सेन्टर (सचिन बोहोरा) र मध्यनेपाल नगरपालिकामा इशानेश्वर इलेक्टोनिक्स, (निर्दोश घिमिरे) लाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

देवदह रुपन्देहीमा बैंकका सञ्चालक भिम प्रसाद तुलाचन, र देवदह नगरपालिका ८ का वडा अध्यक्ष्य डण्डपानी भट्टराई, मध्यनेपाल, लमजुङमा बैंकका सञ्चालक चतुराखर अधिकारी तथा अर्घाखांची जिल्लाको सितगंगा–२ सितापुरमा सितगंगा नगरपालिका २ का वडा अध्यक्ष्य गोबर्धन थापाले उक्त शाखा रहित बैंकिङ्ग सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए ।

शाखारहित बैंकिङ मार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।


प्रतिक्रिया दिनुहोस्