यी हुन् ६ महिनामा धेरै ब्याज आम्दानी गर्ने र कम ब्याज आम्दानी गर्ने ‘टप टेन लघुवित्त’ !

काठमाडौं । चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा अधिकांश लघुवित्त वित्तीय संस्थाले दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ५० वटा लघुवित्त वित्तीय संस्था सूचीकृत छन् ।
चालु आर्थिक बर्षको ६ महिनामा लघुवित्त संस्थाहरुले १३ अर्ब ३६ करोड ३३ लाख ६७ हजार रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेका छन् । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्त संस्थाहरुले १० अर्ब २२ करोड ९ लाख ५४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेका थिए । गत आर्थिक बर्षको यस अवधिको तुलनामा चालु आवको ६ महिनामा लघुवित्त संस्थाहरुले ३०.७४ प्रतिशत बढी खुद ब्याज आम्दानी गरेका हुन् ।
चालु आर्थिक बर्षको ६ महिनामा सबैभन्दा धेरै खुद ब्याज आम्दानी गर्ने लघुवित्तमा छिमेक रहेको छ । छिमेक लघुवित्तले १ अर्ब १२ करोड ९ लाख ६७ हजार रुपैयाँ, दोस्रोमा निर्धन उत्थान लघुवित्तले १ अर्ब ६ करोड ३५ लाख २३ हजार रुपैयाँ, तस्रोमा जीवन विकास लघुवित्तले ८० करोड ३० लाख १४ हजार रुपैयाँ, चौंथोमा एनआईसी एशिया लघुवित्तले ७८ करोड २७ लाख ८९ हजार रुपैयाँ र पाचौंमा स्वावलम्बन लघुवित्तले ७६ करोड ६२ लाख ४७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन् ।
त्यस्तै, छैंटोमा फरवार्ड लघुवित्तले ७२ करोड ८२ लाख ७२ हजार रुपैयाँ, सातौंमा डिप्रोक्स लघुवित्तले ७१ करोड ३० लाख १८ हजार रुपैयाँ, आठौंमा ग्रामीण विकास लघुवित्तले ६३ करोड २१ लाख ९५ हजार रुपैयाँ, नवौंमा साना किसान लघुवित्तले ६१ करोड ८३ लाख ६४ हजार रुपैयाँ र दशौंमा मेरो माइक्रोफाइनान्स लघुवित्तले ५७ करोड १० लाख ४७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन् ।
यता सबैभन्दा कम ब्याज आम्दानी गर्नेमा विन नेपाल लघुवित्तले २ करोड ३३ लाख ९७ हजार रुपैयाँ गरेको छ । त्यस्तै, गुराँस लघुवित्तले ३ करोड ५१ लाख २३ हजार रुपैयाँ, सपोर्ट माकइक्रोफाइनान्स लघुवित्तले ३ करोड ६४ लाख ५९ हजार रुपैयाँ, मनकामना स्मार्ट लघुवित्तले ३ करोड ९८ लाख ३६ हजार रुपैयाँ, आँधिखोला लघुवित्तले ३ करोड ९९ लाख ४७ हजार रुपैयाँ र मानुषी लघुवित्तले ४ करोड ९४ लाख ४२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन् । त्यस्तै, स्वाभिमान लघुवित्तले ५ करोड ५३ लाख ९० हजार रुपैयाँ, सामुदायिक लघुवित्तले ६ करोड १ लाख ५९ हजार रुपैयाँ, गणपति माइक्रोफाइनान्स लघुवित्तले ६ करोड ३१ लाख ४७ हजार रुपैयाँ र मिथिला लघुवित्तले ६ करोड ५२ लाख ३२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन् ।
