महालक्ष्मी विकास बैंकका अध्यक्ष उपाध्यायले लिए पद तथा गोपनियताको सपथ « Arthapath.com
१६ फाल्गुन २०७८, सोमबार

महालक्ष्मी विकास बैंकका अध्यक्ष उपाध्यायले लिए पद तथा गोपनियताको सपथ



काठमाडौं । महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्यायलाई नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा.निलम ढुंगाना तिम्सिनाले पद तथा गोपनियताको सपथ गराएकी छिन् ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ बमोजिम आज फागुन १६ गते नेपाल राष्ट्र बैंकमा आयोजित एक बिशेष समारोहबीच राजेश उपाध्यायलाई डेपुटी गभर्नर डा.निलम ढुंगाना तिम्सिनाले पद तथा गोपनियताको सपथ गराएकी हुन् ।

साथै फागुन १६ गते बसेको सञ्चालक समितिको ५१९ औ बैठकबाट सञ्चालक पदमा संजय गिरी, दिपक कुमार रौनीयार, श्याम सुन्दर रुङ्गटा, राहुल अग्रवाल र रुपेन्द्र पौडेललाई अध्यक्ष राजेश उपाध्यायले पद तथा गोपनियताको सपथ गराएका हुन् ।

बैंकको फागुन १३ गते सम्पन्न २० औँ वार्षिक साधारण सभाबाट संस्थापक समुह (क) बाट राजेश उपाध्याय, संजय गिरी र दिपक कुमार रौनीयार र सर्बसाधारण समुह (ख) बाट श्याम सुन्दर रुङ्गटा, राहुल अग्रवाल र रुपेन्द्र पौडेल संचालक पदमा निर्वाचित भएका थिए ।

साथै सोही बसेको संचालक समितीको.बैठकले राजेश उपाध्यायलाई पुनः अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्