महालक्ष्मी विकास बैंकद्वारा नेपाल मानव धर्म सेवा समितीलाई १५५ थान कुर्सी सहयोग « Arthapath.com
१७ फाल्गुन २०७८, मंगलवार

महालक्ष्मी विकास बैंकद्वारा नेपाल मानव धर्म सेवा समितीलाई १५५ थान कुर्सी सहयोग



काठमाडौं । महालक्ष्मी बिकास बैक लि. पुतलीसडक तथा चाबहिल शाखाको संयुक्त आयोजनामा फागुन १६ गते गौसाला स्थित नेपाल मानब धर्म सेबा समितीलाई १५५ वटा कुर्सी हस्तान्तरण गरेको छ । बैकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त सहयोग प्रदान गरेको हो ।

हिन्दुहरुको पर्व महाशिवरात्रिको पुर्वसन्ध्यामा नेपाल मानब धर्म सेबा समितीलाई कुर्सी हस्तान्तरण गरिएको हो । उक्त सहयोग ग्रहण गर्दे नेपाल मानब धर्म सेबा समितीका केन्द्रीय प्रमुख माहात्मा चमेली बाइजीले बैकले गरेको सहयोगप्रती कृतज्ञता व्यक्त गरेका छन् । महाशिवरात्रिका दिन पशुपतिनाथको दर्शन गर्न आउने तिर्थालु तथा भक्तजनहरुलाई विश्राम गर्न सजिलोहोस् भन्ने उद्देश्यले उक्त सहयोग गरेको पुतलीसडक शाखाका शाखा प्रवन्धक निरञ्जन कुईकेलले बताए ।

महालक्ष्मी विकास बैंकले कोर बैंकिङ्गमा मात्र नभई संस्थागत सामाजिक क्रियाकलापमा समेत अग्रणी भुमिका निर्वाह गर्दे आईरहेको छ ।

बैंकले १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्