१८ बर्षमा सरकारले शेयर बजारबाट २५ अर्ब रुपैयाँ पूँजीगत लाभकर उठायो « Arthapath.com
२३ जेष्ठ २०८२, शुक्रबार

१८ बर्षमा सरकारले शेयर बजारबाट २५ अर्ब रुपैयाँ पूँजीगत लाभकर उठायो



काठमाडौं । सरकारले शेयर बजारबाट १८ बर्षको अवधिमा झण्डै २५ अर्ब रुपैयाँ पूँजीगत लाभकर उठाएको छ । नेपाल सरकारले आर्थिक बर्ष २०६०–६१ देखि आर्थिक बर्ष २०७७–७८ सम्ममा शेयर बजारबाट २४ अर्ब ७५ करोड ८६ लाख रुपैयाँ पूँजीगत लाभकर वापत उठाएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले गत आर्थिक बर्ष २०७७–७८ मा साढे १५ अर्ब रुपैयाँ पूँजीगत लाभ कर सरकारलाई दिएको छ । सरकारले गत आर्थिक वर्ष २०७७–७८ मा शेयर बजारबाट मात्रै १५ अर्ब ५४ करोड ३३ लाख रुपैयाँ पूँजीगत लाभकर उठाएको हो ।

त्यस्तै, सरकारले आर्थिक वर्ष २०७६–७७ मा शेयर बजारबाट ९८ करोड ४८ लाख रुपैयाँ पूँजीगत लाभकर उठाएको थियो ।

सरकारले सबैभन्दा कम आर्थिक बर्ष २०६०–६१ मा ३१ लाख रुपैयाँ पूँजीगत लाभकर उठाएको देखिन्छ । त्यस्तै सरकारले आर्थिक बर्ष २०६१–६२ मा २ करोड ८५ लाख रुपैयाँ, आर्थिक बर्ष २०६२–६३ मा ६ करोड २१ लाख रुपैयाँ पूँजीगत लाभकर उठाएको थियो ।


प्रतिक्रिया दिनुहोस्