डिम्याट खाताः ३७ जना तेस्रो लिङ्गी, संस्थागत ६ हजार मात्रै, कुन प्रदेशमा कति डिम्याट छन् ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

डिम्याट खाताः ३७ जना तेस्रो लिङ्गी, संस्थागत ६ हजार मात्रै, कुन प्रदेशमा कति डिम्याट छन् ?



काठमाडौं । पछिल्लो समय शेयर बजारमा लगानीकर्ताको आकर्षण बढ्दै गएको छ । शेयर बजारको प्राथमिक बजारमा झनै लगानीकर्ताको आकर्षण बढ्दै गएको देखिन्छ । थोरै लगानीमा धेरै आम्दानी हुने भएपछि लगानीकर्ता शेयर बजारमा आकर्षित भएका हुन् ।

१ सय रुपैयाँमा आईपीओ भरेर दोब्बर आम्दानी हुने देखेपछि लगानीकर्ताको आकर्षण बढेको हुनसक्छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार डिम्याट खाता खोल्नेको संख्या ५० लाख भन्दा बढी रहेका छन् । सिडिएसका अनुसार ५० लाख १९ हजार ८२६ जनाले डिम्याट खाता खोलेका छन् ।

सबैभन्दा धेरै डिम्याट खाता बागमति प्रदेशमा खोलिएका छन् । बागमति प्रदेशबाट १९ लाख ५९ हजार ६७४ जनाले डिम्याट खाता खोलेका छन् । त्यस्तै, दोस्रोमा प्रदेश १ मा ९ लाख ३९ हजार ५०४ जना, तेस्रोमा गण्डकी प्रदेशमा ६ लाख ७७ हजार ४१० जनाले डिम्याट खाता खोलेका छन् ।

यता लुम्बिनी प्रदेशमा ५ लाख ५४ हजार १४४ जना, मधेश प्रदेशमा ४ लाख ८८ हजार १६ जना, सुदूरपश्चिम प्रदेशमा २ लाख ८५ हजार ७३९ जना र कर्णली प्रदेशमा १ लाख १० हजार ३५ जनाले डिम्याट खाता खोलेको सिडिएस एण्ड क्लियरिङ्गले जनाएको छ ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार २८ लाख ७७ हजार १ जना पुरष रहेका छन् भने २१ लाख ३१ हजार ६८६ जना महिलाले डिम्याट खाता खोलेका छन् । यता डिम्याट खाता खोल्नेमा तेस्रो लिङ्गीको संख्या ३७ जना रहेका छन् भने संस्थागत डिम्याट खाताको संख्या ५ हजार ९०८ वटा रहेको सिडिएस एण्ड क्लियरिङ्गले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्