वित्तीय साक्षरतालाई अभियानकै रुपमा सञ्चालन गर्दै सेबोन

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले पुँजी बजारमा वित्तीय साक्षरतालाई सबैभन्दा प्राथमिकतामा राखेर काम गरिने बताएका छन् । लगानीकर्ताको संख्या हवात्तै बढेको छ । तर त्यस अनुपातमा वित्तीय साक्षरता वृद्धि हुन सकेको छैन ।
साक्षरता करिब ७० प्रतिशत हाराहारीमा पुगेको भए पनि वित्तीय साक्षरता भने करिब १८ प्रतिशत मात्र रहेको छ । यसआधारमा वित्तीय साक्षरतालाई अभियानकै रुपमा चलाउनुपर्ने अवस्था छ । यसका लागि धितोपत्र बोर्डले एउटा मापदण्ड नै बनाएर अघि बढ्नेछ ।
सोमबार आर्थिक पत्रकारहरुसँग कुरा गर्दै उनले वित्तीय साक्षरता अभियानमा ब्रोकर, मर्चेन्ट बैंकरलगायतका सबै सरोकारवाला निकायहरुलाई साथमा लिएर अघि बढिने पनि उनले बताए । वित्तीय साक्षरतामा एउटा मापदण्ड नै राखेर १ वर्षमा कहाँ पुग्ने, २ वर्षमा कहाँ पुग्ने भनेर योजना बनाउन जरुरी छ ।
त्यस्तै, अध्यक्ष हमालले लगानीकर्ता, बजारको गुनासाहरुलाई सुन्ने र व्यवस्थापन गर्ने एप बनाउने सोचमा रहेको बताएका छन् ।
उनले भने, ‘लगानीकर्ता, बजारको गुनासाहरुलाई सुन्ने र व्यवस्थापन गर्ने एप बनाउने सोचमा छौं । एप बनाएर लगानीकर्ताहरुको गुनासो के के छन् । त्यसको सुनवाई कसरी गर्ने, सुनुवाईको अवस्था कहाँ पुग्यो भन्ने जस्ता कामहरु एप मार्फत गर्ने तयारीमा रहेका छौं ।’