शेयर बजारमा लगानीकर्ताबाट असुल हुने विभिन्न शुल्कमा छुट गर्छुः अध्यक्ष रमेश हमाल

काठमाडौं । शेयर बजारमा लगानीकर्ताबाट असुल हुने विभिन्न शुल्कमा छुट गर्ने नेपाल धितोपत्र बोर्ड (सेवोन) का अध्यक्ष रमेश हमालले बताएका छन् । शेयरमा कारोबार गर्दा लाग्ने लागतमा अध्यन गरेर लगानीकर्तालाइ राहत दिने गरी शुल्क छुट गर्ने हमालले बताएका हुन् ।
आर्थिक पत्रकारसँग भेटघाट कार्यक्रममा बोल्दै लगानीकर्तालाइ कम शुल्क पर्ने गरि आफूले काम गर्ने बताएका हुन् । पूँजी बजारमा सहभागी अन्य संस्थालाइ मार पर्ने नगरी लगानीकर्तामैत्री बनाउनेमा जोड उनले दिए ।
के कसरी शुल्क छुट गर्न सकिन्छ सबै कुरमा अध्ययन गर्ने भैरहेको र चाँडै त्यसलाई कार्यान्वयनमा ल्याउने अध्यक्ष हमालले दावी गरे । साथै बजारबाट आएका गुनासो सुनुवाइ गर्ने गरि सफ्टवेयर बिकास गर्ने उने बताए ।