फेरी बढ्यो सुनको मुल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन पनि नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ ।
शुक्रबार प्रतितोला ६०० रुपैंयाले बढेको सुनको मुल्य आज पनि तोलामा २०० रुपैंयाले बढेर प्रति तोला १ लाख २ हजार ८०० रुपैंया पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, चाँदीको मुल्य पनि प्रतितोलामा १० रुपैंयाले वृद्धि भएको छ । आज चाँदीको मुल्य प्रतितोला १ हजार ४२५ रुपैंया कायम भएको छ ।