७ श्रावण २०८३, बिहिबार

कर सहजीकरणका लागि आन्तरिक राजश्व विभागसंग नाडाको आग्रह



काठमाडौं । नाडाका अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको ६ सदसिय प्रतिनिधि मण्डलले आन्तरिक राजश्व विभागका नव नियुक्त महानिर्देशक रितेश कुमार शाक्यसंग भेटी आन्तरिक राजश्व सम्बन्धी नीतिगत विषयहरुमा छलफल गरेको छ ।

उक्त भेटघाट तथा छलफलको क्रममा अध्यक्ष थापाले नाडाबाट हरेक वर्ष संचालन हुने तालिम कार्यक्रममा त्यस विभागले गर्दे आएको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै नाडाले निकट भविष्य मै ७ वटै प्रदेशमा आयोजना गर्ने कर सम्बन्धी तालिम कार्यक्रममा पनि सहयोगको लागि आग्रह गरे ।

अध्यक्ष थापाले सवारी साधन बिक्री गर्दा पैठारीकर्ता तथा डिलरहरुले बैंक तथा वित्तिय निकायहरुको अनिश्चितताको कारण मूल्य अभिबृद्धि करको विल विजक काटन ढीलाई हुने र सो समयमा वास्तविक स्टक समेत नदेखिने कुराको जानकारी गराउदै व्यावहारिक कठीनाइको सहजीकरणका लागि आग्रह समेत गरे ।

उपाध्यक्ष सुनिल रिजालले स्पेयर पार्टस पैठारीकर्ताहरुले अनिवार्य रुपमा कम्प्युटर विल जारी गरि सो विलमा एच.यस. कोड समेत उल्लेख गरिनु पर्ने भन्दै अटोमोवाइल स्पेयर पार्टसको अनधिकृत आयातको रोकथामका लागि सीमा नाकाहरुलाई कडाई गरिनु पर्ने धारणा राखे ।

महासचिव सुरेन्द्रकुमार उप्रेतिले अटोमोवाइल व्यवसायीहरुलाई मूल्य अभिबृद्धिकरमा अनिवार्य दर्ता गर्नु पर्ने विषयलाई कडाइकासाथ लागु गर्ने व्यवस्थाका लागि अनुरोध गर्देे अनलाइन पेमेण्टको व्यवस्थाका लागि समेत आग्रह गरे ।

महानिर्देशक शाक्यले सिष्टममा सुधार गरिने, खुला सीमा राज्य कै समस्या भएको, सवै करदताहरुका लागि एउटै व्यवस्था गरिने बताउँदै नाडाले बजेट सुझावमा आवश्यक सवै राय सुझावहरु राखि दिन आग्रह समेत गरे । त्यसैगरी सो छलफलमा उपमहानिर्देशक अर्र्जुनप्रसाद भट्टराईले व्यवसायीहरुले विल विजकहरु यथासक्य छिटो काटने व्यवस्थाका लागि आग्रह समेत गरे ।

विभागका उपमहानिर्देशकहरु गोविन्द प्रसाद सुवेदी र रमेश शर्मा पौडेल समेतको उपस्थिति रहेको थियो । छलफलमा निर्देशक पदम कुमार श्रेष्ठ समेतको उपस्थिती रहेको थियो । सो छलफल तथा भेटघाटमा सचिव विक्रम सिंघानिया लगायत कोषाध्यक्ष मिलनबाबु मल्ल र सहकोषाध्यक्ष पंकज अग्रवाल समेतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्