शेयर बजारमा कारोबार डेढ अर्ब भन्दा तल झर्याे, दोहोरो अंकले गिरावट आउँदा यी ३ कम्पनीको मूल्य धेरै बढ्यो « Arthapath.com
२४ जेष्ठ २०८२, शनिबार

शेयर बजारमा कारोबार डेढ अर्ब भन्दा तल झर्याे, दोहोरो अंकले गिरावट आउँदा यी ३ कम्पनीको मूल्य धेरै बढ्यो



काठमाडौं । साताको पहिलो दिन शेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । निरन्तर ओरालो लागिरहेको शेयर बजार आइतबार पनि निरन्तरता पाएको हो ।

स्थानिय तहको निर्वाचनको चहलपहल शुरु भएपछि शेयर बजार बढ्छ भन्ने मानसिकता लगानीकर्तामा रहेको थियो । तर चुनाव नजिक आउँदै गर्दा पनि शेयर बजार पुन राताम्य स्थितिमा पुगेको छ ।

लामो समयदेखि बजार करेक्सन हुँदै बजार घट्दै आएको छ । लगानीकर्ताको मनोबल बजारमा करेक्सनको डरले छोड्न सकेको देखिदैन । बजारमा तरलता अभाव बढ्नु र ब्याजदर बृद्धिले नै शेयर बजार घटेको शेयर विज्ञहरु बताउँछन् ।

साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक ३०.८९ अंकले घटेर २५१३.४१ अकंमा बन्द भएको छ । यसअघि गत विहीबार नेप्से सूचक २३.९५ अंकले घटेर २५४४.३० अंकमा बन्द भएको थियो ।

त्यस्तै, आइतबार दिनभरिमा २२५ कम्पनीको ३२ लाख ५३ हजार ८१६ कित्ता शेयर २८ हजार ११३ पटक किनबेच हुँदा १ अर्ब ४६ करोड ७ लाख ७३ हजार ७२९ रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि विहीबार दिनभरिमा २२८ कम्पनीको ३७ लाख ८७ हजार ४५ कित्ता शेयर ३७ हजार ४२९ पटक किनबेच हुँदा १ अर्ब ८९ करोड १ लाख ६४ हजार ६८६ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

साताको पहिलो दिन आइतबार म्युचुअल फण्ड समूह बाहेक सबै समूहमा राताम्य छाएको छ । म्युचुअल फण्ड समूह स्थिर रहेको छ ।

त्यस्तै, बैंकिङ समूह ०.५१ प्रतिशत, ब्यापार समूह १.१९ प्रतिशत, होटल तथा पर्यटन समूह ०.७७ प्रतिशत, विकास बैंक समूह १.२७ प्रतिशत, हाइड्रोपावर समूह १.३१ प्रतिशत, फाइनान्स समूह १.५१ प्रतिशत, निर्जीवन बीमा समूह १.४३ प्रतिशत, म्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूह ०.८४ प्रतिशत, अन्य समूह ३.१३ प्रतिशत, माकइक्रोफाइनान्स समूह १.३७ प्रतिशत, जीवन बीमा समूह १.५२ प्रतिशत, म्युचुअल फण्ड समूह शुन्य प्रतिशत र इन्भेष्टमेन्ट समूह १.४२ प्रतिशतले शेयर मूल्य घटेको छ ।

त्यस्तै, आइतबार राष्ट्र उत्थान लघुवित्तको शेयर मूल्य १० प्रतिशतको शेयर मूल्य १० प्रतिशत बढेको छ । त्यस्तै, इमर्जिङ्ग नेपाल र नेष्डो समृद्ध लघुवित्तको शेयर मूल्य ९.९९ प्रतिशत बढेको छ । त्यस्तै, युनाइटेड इदि मर्दी आरबी हाइड्रोपावर कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै ५.०२ प्रतिशत घटेको छ । त्यस्तै, सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य ५.०१ प्रतिश घटेको छ ।


प्रतिक्रिया दिनुहोस्