शेयर बजारको ओरालो यात्रामा ब्रेक, अन्तिम दिन हरियाली छाउँदा कारोबार रकम पनि बढ्यो « Arthapath.com
२४ जेष्ठ २०८२, शनिबार

शेयर बजारको ओरालो यात्रामा ब्रेक, अन्तिम दिन हरियाली छाउँदा कारोबार रकम पनि बढ्यो



काठमाडौं । निरन्तर ओरालो लाग्दै आएको शेयर बजारमा हरियाली छाएको छ । निरन्तर ओरालो लाग्दै आएको शेयर बजारका सबै समूहमा हरियाली छाएको हो ।

साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक ३५.६६ अंकले बढेर २४६४.३१ अंकमा बन्द भएको छ । यसअघि हिजो बुधबार नेप्से परिसूचक २३.३२ अंकले घटेर २४२८.७५ अंकमा बन्द भएको थियो ।

पछिल्लो समय सरकारले पूर्णता पाएसँगै शेयर बजारमा लगानीकर्ता पनि आकर्षित भएका हुन सक्छन् । नेपाल राष्ट्र बैंकलृ अर्थतन्त्र सुधारका लागि सरकारलाई विभिन्न सझाव दिएको थियो । सोहीको सकारात्मक प्रभाव बजारमा परेको हुन सक्छ ।

बिहीबार दिनभरिमा २२४ कम्पनीको ५४ लाख ४१ हजार ७३८ कित्ता शेयर ४२ हजार ५०६ पटक किनबेच हुँदा २ अर्ब १२ करोड १५ लाख ११ हजार २८० रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि हिजो बुधबार दिनभरिमा २२६ कम्पनीको ४३ लाख ७२ हजार १७१ कित्ता शेयर ३८ हजार १७८ पटक किनबेच हुँदा १ अर्ब ९९ करोड २९ लाख ७१ हजार ७६४ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

त्यस्तै। नेप्से १.४७ प्रतिशतले बढेको छ । सेन्सेटिभ अंक ८.१३ अंकले बढेर ४६३.७३ अंकमा पुगेको छ ।

विहीबार बैंकिङ समूह १.१४ प्रतिशत, ब्यापार समूह २.६२ प्रतिशत, होटल तथा पर्यटन समूह १.१४ प्रतिशत, विकास बैंक समूह १.७ प्रतिशत, हाइड्रोपावर समूह १.०६ प्रतिशत, फाइनान्स समूह १.३५ प्रतिशत, निर्जीवन बीमा समूह ०.९६ प्रतिशत, म्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूह ०.८२ प्रतिशत, अन्य समूह ३.५९ प्रतिशत, माकइक्रोफाइनान्स समूह १.३३ प्रतिशत, जीवन बीमा समूह १.९२ प्रतिशत, म्युचुअल फण्ड समूह ०.७ प्रतिशत र इन्भेष्टमेन्ट समूह १.१२ प्रतिशतले शेयर मूल्य बढेको छ ।

त्यस्तै, बिहीबार नेष्डो समृद्ध लघुवित्तको शेयर मूल्य र हिमालयन पावर पार्टनर कम्पनीको शेयर मूल्य १० प्रतिशत बढेको छ ।

त्यस्तै, इमर्जिङ्ग नेपालको शेयर मूल्य ६.६१ प्रतिशत र राष्ट्र उत्थान लघुवित्तको शेयर मूल्य ७.७१ प्रतिशत घटेको छ ।


प्रतिक्रिया दिनुहोस्