११ श्रावण २०८३, सोमबार

समता घरेलु लघुवित्तको शेयर प्रत्याभूतिकर्तामा एनआईबिएल एस क्यापिटल नियुक्त



थप सार्वजनिक निष्काशन (फर्दर पब्लिक इस्यू) प्रत्याभूति सम्बन्धी सम्झौता

काठमाडौं । दिगो लघुवित्त सेवा प्रदान गर्ने, कृषि उत्पादन बढाउने, र गरिबजन समुदायमा आय तथा रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ समता घरेलु लघुवित्त वित्तिय संस्थाको स्थापना भएको हो ।

यस लघुवित्तले आफ्नो प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम शेयर संरचना ७०ः३० (संस्थापक ः सर्वसाधारण) कायम हुने गरी थप सार्वजनिक निष्काशन (फर्दर पव्लिक इस्यू) मार्फत् सर्वसाधारणलाई जारी हुन बाँकी शेयर २ लाख ८९ हजार ४४० कित्ता साधारण शेयर (फर्दर पब्लिक इस्यू) निष्काशन तथा बिक्री खुला गर्ने छ ।

लघुवित्तले शेयर प्रत्याभूतिकर्ताको रुपमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ ।

समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरे र एनआईबिएल एस क्यापिटल क्यापिटल लिमिटेडको तर्फबाट नायब महाप्रवन्धक सचिन्द्र ढुंगानाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

प्रत्याभूतिकर्ता नियुक्ती सम्बन्धी सम्झौता चैत्र २५ गते भएको हो ।