मुक्तिनाथ विकास बैंंकका सीईओ प्रदयूमन पोखरेल विजयी

काठमाडौं । मुक्तिनाथ विकास बैंंकका प्रमुख कार्यकारी अधिकृत प्रदयूमन पोखरेल विजयी भएका छन् । मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत एवमं डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालका अध्यक्ष प्रदयूमन पोखरेलले नेपाल व्यवस्थापन संघको कार्यकारिणी समितीमा व्यक्तिगत तर्फ अत्याधिक भारी मत ल्याई विजयी भएका हुन् ।
शनिबार राजधानीको याक एन्ड यति होटेलमा नेपाल व्यवस्थापन संघले आयोजना गरेको समारोहमा उक्त मतदानको विजेताहरुको मत संख्याका बारे जानकारी गराइएको थियो । यस विजय बाट एक बहुमुखी व्यक्तिको नेतृत्वबाट बैंकका सम्पूर्ण कर्मचारीहरुमा थप उर्जा मिल्ने बैंकले विश्वास लिएको छ ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिजा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेशिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।