सांग्रिला डेभलपमेन्ट बैंकको ११२ औं शाखा विजयनगर, भरतपुरमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको ११२ औं शाखा विजयनगर, भरतपुरमा सञ्चालनमा आएको छ ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रममा भरतपुर महानगरपालिका १६, विजयनगर, चितवनमा शाखा संचालनमा ल्याएको हो ।
बैंकले सोमवारदेखि उक्त शाखा संचालनमा ल्याएको हो । विजयनगर शाखा कार्यालय संचालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।
यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या ११२ पुगेको छ ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएको छ । यस शाखाको सञ्चालनबाट ग्राहकहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ्ख सेवा लिने वातावरण बनेकोमा बैंक विश्वस्त रहेको छ ।
बैंकले हरेक सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना रहेको बैकले जनाएको छ ।