गरिमा विकास बैंकका ग्राहकलाई पोखरा बाटिका क्लासिक होटलमा २० प्रतिशत छुट « Arthapath.com
३० चैत्र २०७८, बुधबार

गरिमा विकास बैंकका ग्राहकलाई पोखरा बाटिका क्लासिक होटलमा २० प्रतिशत छुट



काठमाडौं । गरिमा विकास बैंकले ‘पोखरा बाटिका–क्लासिक होटल’सँग विभिन्न सेवा सुविधामा छुट सम्बन्धी सम्झौता गरेको छ । नयाँ बर्षमा आन्तरिक पर्यटनलार्ई प्रोत्साहन तथा प्रबर्द्धन गर्नके साथै ग्राहकहरुलाई थप सुविधाहरु प्रदान गर्नका लागि पोखराको प्रख्यात होटल ‘पोखरा बाटिका–क्लासिक होटल’ सँग सम्झौता गरेको हो ।

बैंकका ग्राहकले होटलमा विभिन्न सेवा सुविधाहरुमा आर्कषक छुट पाउने छन् । उक्त होटलले बैंकका ग्राहकलाई विभिन्न प्रकारका रुमहरुमा २० प्रतिशत छुट, फुड एण्ड वेभरेजमा १५ प्रतिशत छुट प्रदान गर्ने छ ।

सम्झौता अनुसार बैंकका डेविट कार्ड र गरिमा स्मार्ट प्रयोग गरि बिल भुक्तानी गर्ने ग्राहकले उक्त होटलबाट छुट पाउनेछन् ।

हाल गरिमा विकास बैंकले ११८ शाखा कार्यालयहरु, २ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट ग्राहकलाई सरल, सुरक्षित एवं गुणस्तरीय बैकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्