ग्लोबल आइएमई लघुवित्त नाफासँगै ईपीएस पनि घट्यो, अन्य सूचक कस्ता छन् ? « Arthapath.com
५ बैशाख २०७९, सोमबार

ग्लोबल आइएमई लघुवित्त नाफासँगै ईपीएस पनि घट्यो, अन्य सूचक कस्ता छन् ?



काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा खुद नाफा ३.१९ प्रतिशत घटेर २० करोड ४८ लाख २८ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले २१ करोड १५ लाख ७४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३२.५८ प्रतिशत बढेर ४३ करोड ३९ लाख ४७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ३२ करोड ७२ लाख ९८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

तेस्रो त्रैमासमा लघुवित्तको सञ्चालन मुनाफा २६.०५ प्रतिशत बढेर ३२ करोड ५१ लाख २४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तको सञ्चालन नाफा २५ करोड ७९ लाख ३५ हजार रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ६७ प्रतिशत बढेर ५५ करोड २५ लाख ८९ हजार रुपैयाँ, जगेडा कोष ५१.२२ प्रतिशत बढेर ४२ करोड ६ लाख ९१ हजार रुपैयाँ, निक्षेप संकलन ५५.९० प्रतिशत बढेर २ अर्ब ७० करोड २८ लाख ७८ हजार रुपैयाँ, सापटि रकम ४१.८७ प्रतिशत बढेर ४ अर्ब ५८ करोड ३७ लाख ७५ हजार रुपैयाँ र कर्जा प्रवाह ६९.०३ प्रतिशत बढेर ८ अर्ब २३ करोड ५९ लाख ८६ हजार रुपैयाँ पुगेको छ ।

तेस्रो त्रैमासमा लघुवित्तको प्रतिशेयर आम्दानी ३५ रुपैयाँ ८३ पैसा घटेर ४९ रुपैयाँ ४२ पैसामा सिमित भएको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ८५ रुपैयाँ २६ पैसा रहेकोे थियो । लघुवित्तको मूल्य आम्दानी अनुपात २९.७२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७६ रुपैयाँ १३ गुणा रहेको छ


प्रतिक्रिया दिनुहोस्