नेपाली युवा उद्यमी मञ्चले आठौं महिला–युवा उद्यमी सम्मेलन २०२२ आयोजना गर्ने
काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ)ले आठौं महिला युवा उद्यमी सम्मेलन २०२२ आयोजन गर्ने भएको छ । मञ्चले मिति २०७९ वैशाख १० गतेका दिन हायात प्लेश काठमाडौंमा उक्त कार्यक्रमको आयोजना गर्ने लागेको हो ।
संस्थाले सन् २०१३ देखि महिला–युवा उद्यमी सम्मेलन आफ्नो एक गौरवशाली कार्यक्रमको रुपमा आयोजना गर्दै आएको छ । जसमा कृषि, निर्माण कार्य, शारिरिक व्यायाम, परामर्शदाता, अनुसन्धान क्षेत्रमा संलग्न महिला यूवा उद्यमीहरुको सहभागिता रहने छ । यस वर्ष व्यवस्थित र योजनावद्ध वाइइएसडब्लू–२०२२ का साथ उक्त कार्यक्रमको नारा “Beyond Barriersˮ राखिएको छ ।
अन्तर्राष्ट्रिय मजदुर संगठन, राष्ट्रिय वाणिज्य बैंक र युनाइटेड इन्स्योरेन्स तथा अन्य प्रायोजकद्वारा उक्त कार्यक्रमको प्रायोजन गरी कार्यक्रम सफल बनाइने छ । सो कार्यक्रममा १५० भन्दा बढी उद्योगी व्यवसायी, सम्बन्धित क्षेत्रका विज्ञ, नव उद्योग तथा विद्यार्थीहरुको उपस्थिति रहने अपेक्षा गरिएको छ ।
कार्यक्रममा आमाको अचारको तर्फबाट संगिता पाण्डे, महिला उद्धमी महासंघ का अध्यक्ष निरु रायमाझी खत्री, गोल्डस्टारबाट विधुषी राना, एफवान सफ्ट इन्टरनेशनलबाट सुभाष शर्मा, दराज नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आचल कुँवरले आफ्ना अनुभव, कार्यशाला तथा सारगर्भित मन्तव्य व्यक्त गर्नु कार्य सूचि रहेको छ ।
महिला युवा उद्यमीको अगुवाईमा स्टार्टअप तथा नयाँ उद्धमहरुमा बिहे–नेपाल, एडुकेस, माकुसे र सुइरो आदि समेतको सहभागी रहनेछ । नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) उद्यमशीलताको प्रबद्र्धन गर्ने उद्देश्यले स्थापना भएको एक संस्था हो ।













