मुक्तिनाथ विकास बैंकको नाफासँगै ईपीएस पनि बढ्यो, कुन सूचक कस्ता छन् ?

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा खुद नाफा १.४९ प्रतिशत बढेर १ अर्ब २ करोड ६ लाख २७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले १ अर्ब ५६ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चालु आर्थिक बर्षको ९ महिनामा बैंकको खुद ब्याज आम्दानी २६.७९ प्रतिशत बढेर २ अर्ब ४० करोड २३ लाख ४० हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले १ अर्ब ८९ करोड ४७ लाख ८१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
यस अवधिमा बैंकको सञ्चालन मुनाफा २.६६ प्रतिशत बढेर १ अर्ब ४६ करोड ३ लाख २० हजार रुपैयाँ र वितरणयोग्य नाफा ५४ करोड ७२ लाख २७ हजार रुपैयाँ रहेको छ ।
समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी १७.५८ प्रतिशत बढेर ५ अर्ब ६५ करोड ७१ लाख ८० हजार रुपैयाँ, जगेडा कोष ३८.९९ प्रतिशत बढेर १ अर्ब ५६ करोड १८ लाख ३८ हजार रुपैयाँ, निक्षेप संकलन १३.९४ प्रतिशत बढेर ९९ अर्ब १ करोड ४३ लाख ५४ हजार रुपैयाँ र कर्जा २०.४९ प्रतिशत बढेर ८७ अर्ब ८५ करोड ९६ लाख ७८ हजार रुपैयाँ पुगेको छ ।
बैंकको प्रतिशेयर आम्दानी ३६ पैसा बढेर २४ रुपैयाँ ६ पैसा पुगेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ४१ पैसा रहेको छ ।