कालिका लघुवित्तको छलाङ, नाफा ८६.१४ प्रतिशत बढ्दा ईपीएस ४७.६७ रुपैयाँ पुग्यो

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ८६.१४ प्रतिशत बढेर ११ करोड १८ लाख ६४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ६ करोड ९७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चालु आर्थिक बर्षको ९ महिनामा लघुवित्तको खुद ब्याज आम्दानी ४.९७ प्रतिशत बढेर २१ करोड ९५ लाख ४६ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले २० करोड ९१ लाख ४४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
यस अवधिमा लघुवित्तको सञ्चालन मुनाफा १०४६.५६ प्रतिशत बढेर ८ करोड ३५ लाख ४ हजार रुपैयाँ रहेको छ ।
समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २३.९९ प्रतिशत बढेर ३१ करोड २८ लाख ७५ हजार रुपैयाँ, जगेडा कोष १९.२० प्रतिशत बढेर २१ करोड १९ लाख २४ हजार रुपैयाँ, सापटि रकम ३०.९५ प्रतिशत बढेर १ अर्ब ८५ करोड ५२ लाख ११ हजार रुपैयाँ, निक्षेप १८.६२ प्रतिशत बढेर १ अर्ब ४२ करोड ७६ लाख ६ हजार रुपैयाँ र कर्जा १०.४७ प्रतिशत बढेर ३ अर्ब ९० करोड ४४ लाख ८१ हजार रुपैयाँ पुगेको छ ।
लघुवित्तको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ९२ पैसा बढेर ४७ रुपैयाँ ६७ पैसा पुगेको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १६७.७२ रुपैयाँ रहेको छ । खराब कर्जा ३.७२ प्रतिशत रहेको छ ।