आरम्भ चौतारी लघुवित्तको ३७.१९ प्रतिशत नाफासँगै ईपीएस पनि १८.५५ रुपैयाँ घट्यो, अन्य सूचक कस्ता छन् ?

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ३७.१९ प्रतिशत घटेर ४ करोड ९२ लाख २ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ७ करोड ८३ लाख ३६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चालु आर्थिक बर्षको ९ महिनामा लघुवित्तको खुद ब्याज आम्दानी ३२.३८ प्रतिशत बढेर २६ करोड ८८ लाख १९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले २० करोड ३० लाख ६९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
यस अवधिमा लघुवित्तको सञ्चालन नाफा ४२.०७ प्रतिशत घटेर ६ करोड ९८ लाख ५१ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तको सञ्चालन नाफा १२ करोड ५ लाख ७८ हजार रुपैयाँ रहेको थियो ।
समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २८.०३ प्रतिशत बढेर ३६ करोड ७१ लाख ४३ हजार रुपैयाँ, जगेडा कोष ५.०९ प्रतिशत बढेर १३ करोड ५ लाख ३२ हजार रुपैयाँ, निक्षेप संकलन ३९.९९ प्रतिशत बढेर १ अर्ब ६५ करोड ४८ हजार रुपैयाँ, सापटि रकम ४५.५३ प्रतिशत बढेर ३ अर्ब ५३ करोड ८७ लाख २६ हजार रुपैयाँ र कर्जा ४०.०७ प्रतिशत बढेर ५ अर्ब ४७ करोड १९ लाख ८० हजार रुपैयाँ पुगेको छ ।
यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ५५ पैसा घटेर १७ रुपैयाँ ८७ पैसामा सिमित भएको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १३५.५५ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ५५ गुणा रहेको छ । लघुवित्तको तरलता अनुपात ४.९२ प्रतिशत, ४.७२ प्रतिशत र कस्ट अफ फण्ड १० प्रतिशत रहेको छ ।
