आरएमडीसी लघुवित्तको नाफा ५१.७० प्रतिशतसँगै ईपीएस पनि बढ्यो, कुन सूचक कस्ता ? « Arthapath.com
१५ बैशाख २०७९, बिहीबार

आरएमडीसी लघुवित्तको नाफा ५१.७० प्रतिशतसँगै ईपीएस पनि बढ्यो, कुन सूचक कस्ता ?



काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा खुद नाफा ५१.७० प्रतिशत बढेर २६ करोड ५९ लाख ६६ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले १७ करोड ५३ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको ९ महिनामा लघुवित्तको खुद ब्याज आम्दानी ४५.०५ प्रतिशत बढेर ४४ करोड ७० लाख ९६ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ३० करोड ८२ लाख ३८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा लघुवित्तको सञ्चालन नाफा ५२.३१ प्रतिशत बढेर ३७ करोड ९७ लाख ६१ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २० प्रतिशत बढेर १ अर्ब २४ करोड १० लाख ६६ हजार रुपैयाँ, जगेडा कोष ८.१५ प्रतिशत बढेर १ अर्ब ३ करोड ३९ लाख २५ हजार रुपैयाँ, सापटि रकम २३.५२ प्रतिशत घटेर २७ करोड ३६ लाख ४८ हजार रुपैयाँ र कर्जा १३३.२८ प्रतिशत बढेर २ करोड २२ लाख ६ हजार रुपैयाँ रहेको छ ।

यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ९७ पैसा बढेर २८ रुपैयाँ ५७ पैसा पुगेको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ २६१ रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्