अनावश्यक हल्लापछि सनराइज बैंकका सीईओको स्वास्थ्य जाँच, कोरोना संक्रमण नभएको पुष्टि « Arthapath.com
५ बैशाख २०७७, शुक्रबार

अनावश्यक हल्लापछि सनराइज बैंकका सीईओको स्वास्थ्य जाँच, कोरोना संक्रमण नभएको पुष्टि



काठमाडौं । सनराईज बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जनक शर्मा पौडेलेलाई कोरोना संक्रमण नभएको पुष्टि भएको छ । सीईओ शर्मालाई कोरोना संक्रमण भएको भन्दै केही सञ्चार माध्यममा समाचार आएपछि उनको कोरोना परिक्षण गरिएको थियो । कोरोना परिक्षण गर्दा उनलाई कोरोना नेगेटिभ आएको हो ।

विभिन्न सञ्चार माध्यममा सार्वजनिक भएको गलत समाचारले उनलाई प्रभावित बनाएकाले विर अस्पताल गएर कोरोना चेकजाँच गरेका थिए । गलत समाचारहरु आएपछि प्रमुख कार्यकारी अधिकृत शर्मा विदामा बसेको, उहाँको स्वास्थ्य जाँच हुँदा कोराना भाईरस संक्रमण नभएको पुष्टि भएको सनराईज बैंकमा म्यानेजर रविन्द्र ढकालले जानकारी दिए ।

कोरोना महामारी फैलिएपछि बैंकले संस्थागत सामाजिक उत्तरदाहित्व अन्तरगत अस्पताल र स्थानीय सरकारलाई स्वास्थ्य सम्बन्धि उपकरणहरु वितरण गर्दै आएको छ ।

बैंकले सातै प्रदेशमा पीपीइ, मास्क, स्यानिटाइजर, ग्लोब्सलगायतका स्वास्थ्य सामाग्री वितरण गरेको छ । स्वस्थ्य सामाग्री वितरण गर्ने केही कार्यक्रममा पौड्याल आफै सहभागि भएका थिए । साथै, लकडाउनको बेलामा अत्यावश्यक सेवा अन्तरगत बैकिङ सेवा सुचारु गर्नु पर्ने भएकोले बैंकमा नियमित जाने गरेका थिए ।

लकडाउनको बेलामा पनि बैंक चलाउन र परोपकारी कार्यमा संक्रिय भईरहेको अवस्थामा कोरोना संक्रमण भएको भन्दै गलत सन्देश वाहिर आएपछि उहाँले स्वास्थ्य जाँच गराउनु भएको र उहाँ स्वस्थ्य रहनु भएको प्रमाणित भएको ढकालले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्