वालेटमा रकम लोड गर्दा प्रयोजन अनिवार्य खुलाउनु पर्ने, राष्ट्र बैंकले संशोधन गर्यो भुक्तानी प्रणाली « Arthapath.com
१९ बैशाख २०७९, सोमबार

वालेटमा रकम लोड गर्दा प्रयोजन अनिवार्य खुलाउनु पर्ने, राष्ट्र बैंकले संशोधन गर्यो भुक्तानी प्रणाली



काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन–२०७८ मा संशोधन तथा थप गरेको छ । राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्वन्धी एकीकृत निर्देशन २०७८ मा संशोधन गरी वालेटमा रकम लोड गर्दा अनिवार्य प्रयोजन खुलाउनु पर्ने व्यवस्था गरेको हो ।

अब विद्युतीय भुक्तानी सेवा प्रदायक कम्पनीले वालेटमा रकम लोड गर्दा ग्राहकले प्रयोजन अनिवार्य खुलाउन मिल्ने बटनको व्यवस्था गर्नुपर्ने भएको छ ।

राष्ट्र बैंकबाट विद्युतीय भुक्तानी सम्बन्धी सेवा प्रदान गर्न स्वीकृति लिएका कम्पनीले अनिवार्य रूपमा प्रयोजन खुलाउन मिल्ने बटनको व्यवस्था गर्नुपर्नेछ ।

क्रेडिट कार्डमार्फत वालेटमा लोड गरिएको रकम वस्तु तथा सेवा विद्युतीय भुक्तानीका लागि मात्र प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको हो । ‘विद्युतीय वालेटमा रकम लोड गर्दा, एक वालेटबाट अर्को वालेटमा रकमान्तर गर्दा तथा अन्य विद्युतीय भुक्तानी कारोबार गर्दा अनिवार्य रूपमा प्रयोजन खुलाउनुपर्ने व्यवस्था गर्नुपर्ने छ,’ संशोधित निर्देशनमा थपिएको बुँदामा भनिएको छ ।


प्रतिक्रिया दिनुहोस्