१६ दिनमा बैंकहरुको २१ अर्ब रुपैयाँ निक्षेप गायब, एक सातामा ३ अर्ब कर्जा बढाए, सीडी रेसियो कति ? « Arthapath.com
२१ बैशाख २०७९, बुधबार

१६ दिनमा बैंकहरुको २१ अर्ब रुपैयाँ निक्षेप गायब, एक सातामा ३ अर्ब कर्जा बढाए, सीडी रेसियो कति ?



काठमाडौं । पछिल्लो १६ दिनको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप संकलन ह्वात्तै घटेको छ । नेपाल बैंकर्स संघका अनुसार बैशाख १६ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप २१ अर्ब रुपैयाँ घटेको हो । गत चैत्र मसान्तसम्म ४३ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुको २१ अर्ब रुपैयाँ घटेर बैशाख १६ गतेसम्म ४३ खर्ब ६८ अर्ब रुपैयाँ मात्रै संकलन गरेका हुन् । 

यता एक साताको अवधिमा भने वाणिज्य बैंकमा निक्षेप संकलन दर शुन्य रहेको छ । यसअघि गत साता बैशाख ९ गतेसम्म ४३ खर्ब ६७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । 

त्यस्तै, १६ दिनको अवधिमा बैंकहरुको कर्जा प्रवाह शुन्यमा झरेको छ । चैत्र मसान्तसम्म बैंकहरुले ४१ खर्ब ९७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । बैशाख १६ गतेसम्म आइपुग्दा पनि सोही अवस्थामा कर्जा प्रवाह वितरण गरेका छन् । 

यता एक साताको अवधिमा भने बैंकहरुले ३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत साता अर्थात बैशाख ९ गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब ९४ अर्ब रुपैयाँ कर्जा परिचालन गरेका थिए । यस साता अर्थात बैशाख १६ गतेसम्म ३ अर्ब रुपैयाँ बढेर ४१ खर्ब ९७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन् ।

नेपाल बैंकर्स संघका अनुसार सीडी रेसियो ९०.९९ प्रतिशत रहेको छ । 


प्रतिक्रिया दिनुहोस्