स्वावलम्बन लघुवित्तको खुद नाफा ९९ प्रतिशतले वृद्धि, अन्य सूचकमा यस्तो देखियो प्रगति « Arthapath.com
२७ बैशाख २०७९, मंगलवार

स्वावलम्बन लघुवित्तको खुद नाफा ९९ प्रतिशतले वृद्धि, अन्य सूचकमा यस्तो देखियो प्रगति



काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार लघुवित्तको खुद नाफाका आकर्षक सुधार देखिएको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा लघुवित्तको खुद नाफा ९८.८७ प्रतिशतले बढेर २८ करोड ४२ लाख ३६ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको खुद नाफा १४ करोड २९ लाख २८ हजार रुपैयाँमा सिमित रहेको थियो ।

समिक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५.३६ प्रतिशतले घटेर ९७ करोड ८ लाख ७४ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १ अर्ब २ करोड ५८ लाख ५८ हजार रुपैयाँ रहेको थियो ।
 चैत मसान्तसम्मको अवधिमा लघुवित्तको संचालन नाफा ४२ करोड ५१ लाख ३७ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको संचालन नाफा १ करोठ ७४ लाख ४६ हजार रुपैयाँ नोक्सानमा रहेको थियो ।

समिक्षा अवधिमा लघुवित्तको चुक्तापूँजी १९ प्रतिशतले बढेर १ अर्ब १२ करोड २१ लाख ७० हजार रुपैयाँ, जगेडा ४२.५४ प्रतिशतले बढेर १ अर्ब ८४ करोड ३१ लाख ६२ हजार रुपैयाँ, सापटी ८.७२ प्रतिशतले बढेर ५ अर्ब ४७ करोड ९८ लाख ५२ हजार रुपैयाँ, निक्षेप ११.५२ प्रतिशतले बढेर ११ अर्ब ६२ करोड ४० लाख ८२ हजार रुपैयाँ र कर्जा १८.१५ प्रतिशतले बढेर १९ अर्ब ५६ करोड ९५ लाख ८६ हजार रुपैयाँ पुगेको छ ।

यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ३३ रुपैयाँ ७७ पैसा र प्रतिशेयर नेटवर्थ २६४ रुपैयाँ २५ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्