लुम्बिनी विकास बैंकको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट नियुक्त

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेड १ सय रुपैयाँ अंकित दरको १० लाख कित्ताले हुन आउने १ अर्ब रुपैयाँ बराबरको ११ प्रतिशत एलबिबिएल डिबेञ्चर २०८९ ऋणपत्र जारी गर्न भएको छ । उक्त ऋणपत्र जारी गर्नेका लागि नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो ।
उक्त ऋणपत्रको अवधि १० वर्ष रहेको र ब्याजदर ११ प्रतिशत प्रतिशत रहेको छ । सम्झौतामा लुम्बिनी विकास बैंक लिमिटेडको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले बैशाख २८ गते हस्ताक्षर गरेका हुन । प्रस्तावित ऋणपत्र नियमनकारी निकायहरुकोे स्विकृति पश्चात निश्कासन गरीनेछ ।
काठमाण्डौें, डिल्लिबजार स्थित मुख्य कार्यालय रहेका लुम्बिनी विकास बैंकले देशका ७ वटै प्रदेशमा ८३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ । यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा ” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्धेश्यले बैंकले मुद्दती खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।