शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १ लाख ८० हजार कित्ता शेयर लिलामीमा « Arthapath.com
८ जेष्ठ २०७९, आईतवार

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १ लाख ८० हजार कित्ता शेयर लिलामीमा



काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १ लाख ८० हजार ८६६ कित्ता शेयर लिलामीमा विक्री खुला गरेको हो ।

कम्पनीले एशियन डिष्ट्रिब्युटर्स प्रालिको नाममा रहेको ५३ हजार ५४ कित्ता, ग्लोबल ट्रेडिङ्ग कन्सर्न प्रालिको नाममा रहेको २२ हजार ३३८ कित्ता र सुधन भट्टराईको नाममा रहेको १ लाख ५ हजार ४७४ कित्ता शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।
उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (जेठ ८ गते) ले ३५ दिन भित्र केन्द्रीय कार्यालय बुटवल, रुपन्देहीमा निवेदन पेश गर्नु पर्नेछ ।

साथै, तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूलाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्