सिन्धु विकास बैंकले आइतबार सार्वजनिक बिदा नदिने

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले आइतबार सार्वजनिक बिदा नदिने भएको छ । नेपाल सरकारले जेठ १ गते देखि लागू हुने गरी आइतबार र शनिबार सार्वजनिक बिदा दिने निर्णय गरेपनि आइतबार भने बैंकले बिदा नदिने निर्णय गरेको हो ।
बैंकले हप्तामा दुई दिन सार्वजनिक बिदा दिए ग्राहकहरुलाई असुविधा हनुे भन्दै सिन्धु विकास बैंकले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै आइतबार पनि बिहान ११ बजेदेदि दिउँसो ३ बजे सम्म बैंकिङ सेवा प्रदान गर्ने जनाएको छ ।
अहिले २ दिन बिदा दिने निर्णयको चौर्तर्फी बिरोध हुदाँ सरकार सो निर्णयमा पुनबिचार गर्ने तयारीमा रहेको छ ।