१६ प्रतिशत बोनस पाउन कर बुझाउनुपर्ने

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले १६ प्रतिशत बोनसमा लाग्ने कर बापतको रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले बिहीवार सूचना जारी गर्दै साविक सहारा विकास बैंक लिमिटेडलाई प्राप्ति गरी एकीकृत कारोबार गरे पश्चात् शेयर खरीद गरेका सदस्यहरुले कर बापतको रकम बुझाउनुपर्ने जानकारी गराएको हो ।
यी दुई कम्पनीबीच प्राप्ति प्रक्रिया पूरा भई २०७८ साल कात्तिक २८ गतेदेखि एकीकृत कारोबार शुरु भएको हो । एकीकृत कारोबारपश्चात् कायम शेयरधनीहरुले बोनस शेयरमा लाग्ने कर बापतको रकम गरिमा विकास बैंक लिमिटेडको लाजिम्पाट, काठमाडौंमा एनआईबिएल एस क्यापिटल जिबिबिएल बोनस ट्याक्स २०७७।०७८ नाममा रहेको खाता नम्बर ०४०००१०१०१३८९३०००००१ मा जम्मा गर्न कम्पनीले भनेको छ ।
कम्पनीले यस वर्षको १६ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव चैत १८ गते सम्पन्न १५औं वार्षिक साधारण सभाबाट पारित गरेको थियो । साधारण सभा प्रयोजनका लागि कम्पनीले २०७८ साल चैत ४ गतेदेखि १८ गतेसम्म बुक क्लोज हुदाँ चैत २ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको लाभांश प्राप्त गर्नेछन् ।