आफ्नै श्रीमतीको हत्या गरेको अभियोग दिनेश कुमार राजभर पक्राउ « Arthapath.com
१२ जेष्ठ २०७९, बिहीबार

आफ्नै श्रीमतीको हत्या गरेको अभियोग दिनेश कुमार राजभर पक्राउ



काठमाडौं । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक जना ब्यक्ति प्रक्राउ परेको छ । ३५ वर्षीया गीता देवी राजभरको हत्या गरेको अभियोगमा जहदा गाउँपालिका–२ बस्ने ४३ वर्षीय दिनेश कुमार राजभरलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

घरायसी विवादका कारण राजभरले श्रीमतीलाई शुक्रबार (जेठ ६ गते) राति काठ र फलामको रड प्रहार गरी हत्या गरी फरार भएका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको हो ।

उनी माथि जिल्ला अदालत मोरङबाट ज्यान सम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्