कृषि विकास बैंकको कृषि ऋणपत्र बाँडफाँट

काठमाडौं । कृषि विकास बैंकको कृषि ऋणपत्र बाँडफाँट भएको छ । बैंकले उक्त ऋणपत्र जेठ ९ गते बाँडफाँट गरेको हो ।
कम्पनीले १ हजार प्रति ऋणपत्रका दरले २५ लाख ७३ हजार २५ कित्ताले हुन आउने २ अर्ब ५७ करोड ३० लाख २५ हजार बराबरको ऋणपत्र परिपत्र विधिबाट वैशाख २६ गतेदेखि जेठ ९ गतेसम्म निष्कासन गरेको थियो ।
सो अवधिभित्र रितपूर्वक ऋणपत्रका लागि प्राप्त आवेदनहरु नियमअनुसार २५ लाख ७३ हजार २५ कित्ता ऋणपत्र बाँडफाँट गरेको जानकारी दिइएको छ । ऋणपत्रको विक्री प्रवन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
