७ श्रावण २०८३, बिहिबार

नीजि प्रयोजनका कार, जीप र भ्यानको आयात प्रतीतपत्र खोल्ने कार्यलाई निरन्तरता दिन नाडाकोे आग्रह



काठमाडौं । जेठ १३ गते नेपालमा अटोमोवाइल क्षेत्रको योगदान र यस व्यवसायमा देखा परेका समस्याहरुलाई केलाउदै NADA PERSPECTIVE on Current Scenario- Restriction on Import for Passenger Automobiles सार्वजनिक गरेको छ ।

१ खर्व भन्दा बढीको लगानी रहेको, हरेक बर्ष १ खर्व ५० अर्व भन्दा बढी राजश्वमा योगदान पु¥याउदै आएको, देशको प्रत्यक्ष रोजगारीमा प्रत्यक्ष रुपमा १ लाख र अप्रत्यक्ष रुपमा १० लाख नागरिकलाई रोजगारीको अवसर प्रदान गर्दे आयातको तुलनामा झण्डै दोब्बर राजश्व उपलब्ध गराउने अटोमोवाइल क्षेत्रलाई नजर अन्दाजगरी सरकारले नीजि प्रयोजनका कार, जीप र भ्यानलाई आउदो आषाढ मसान्तसम्मको लागि त्यसको आयातमा प्रतिवन्ध समेत लगाएको छ ।

नाडाले केही दिन अघि मात्रै नीजि प्रयोजनका कार,जिप र भ्यानको आयात खुल्ला गर्नको लागि अर्थ मन्त्रालयमा विधिवत सुझाव समेत पेश गरिसकेको छ । नाडाबाट प्रस्तुत NADA PERSPECTIVE on Current Scenario- Restriction on Import for Passenger Automobiles बाट नेपालको अटोमोवाइलक्षेत्रबारे यथार्थ जानकारी प्राप्त हुने अपेक्षा नाडाले दिएको छ ।


प्रतिक्रिया दिनुहोस्