मौसममा खराबिका कारण तारा एयरको विमान खोज्नु उड्न सकेन हेलिकप्टर
काठमाडौं । आइतबार विहान ९ः५५ बजे पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको ९एनएईटी जहाज मुस्ताङको लेते नजिककै अग्लो पहाडमा दुर्घटनाग्रत भएको अनुमान गरिएको छ ।
मुस्ताङको लेतेमा स्थानीयले ठूलो आवाज सुनिएको र आगो बलेको देखिएको भनेर खबर गरेपछि खोजीका लागि तयार गरिएका हेलिकप्टर मौसममा खराबिका कारण उड्न सकेको छैन । खोजीका लागि पोखरामा प्रभु एयरलाइन्सको विमान स्ट्याण्डबाइ रहेको छ भने मुस्ताङमा पनि अर्को हेलिकप्टर स्ट्याण्डबाइ रहेकोमा मौसममा खराबिका कारण उड्न सकेको छैन ।
हिमाली क्षेत्र भएका कारण उक्त स्थानमा मौसमबारे सूचना दिने स्टेशन कम रहेको हुदाँ सो क्षेत्रमा मौसम सम्बन्धी सूचना संकलन गर्ने समस्या भइरहेको छ ।












