कात्तिक महिनामा आएको बेमौषमी बर्षका कारण आर्थिक वृद्धिदर हासिल गर्न चुनौतिः अर्थमन्त्री शर्मा
काठमाडौं । चालु आर्थिक बर्षमा ५.८ प्रतिशत हुने अनुमान गरिएको अर्थमन्त्री शर्माले बताएका छन् । आइतबार आगामी आर्थिक बर्ष २०७९–८० को बजेट पेश गर्दै मन्त्री शर्माले चालु आर्थिक बर्षमा आर्थिक वृद्धिदर ५.८ प्रतिशत अनुमान गरिएको बताएका हुन् ।
साथै उनले नेपालको प्रतिव्यक्ति आय १३८१ अमेरिकी डलर पुगेको उनले बताए । चालु आर्थिक बर्षको ९ महिनामा मूल्यवृद्धि ७.३ प्रतिशत कायम गरिएको छ ।
कोरोना महामारीको पुनरावृत्ति र गत कात्र्तिक महिनामा आएको बेमौषमी बर्षका कारण धान लगायत कृषि वालि र पुवार्धारमा पुर्याएको क्षतिका कारण चालु आवमा लक्षित आर्थिक वृद्धिदर हासिल गर्न चुनौति रहेको उनले बताए ।













