१३ श्रावण २०८३, बुधबार

मासिक १० करोड भन्दा बढी विद्युत खपत गर्ने उद्योगलाई महशुल शूल्कमा छुट



काठमाडौं । नेपालमै उत्पादन सम्भावना भएका उद्योगबाट उत्पादित वस्तुको खपतमा जोड दिइने समेत अर्थमन्त्री जनार्दन शर्माले बताए । आइतबार आगामी आर्थिक बर्ष २०७९–८० को बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शार्माले यस्तो बताएका हुन ।

उच्च निर्यात सम्भावना भएका क्लिंकर, सिमेन्ट, फुटवेयर र खानेपानी जस्ता वस्तुको निर्यात प्रबद्र्धन गरिने छ । यस्ता वस्तुको निर्यातमा ८ प्रतिशतसम्म अनुदान दिने व्यवस्था गरिएको छ । मासिक १० करोडभन्दा बढी विद्युत खपत गर्ने उद्योगलाई ५ प्रतिशतसम्म छुट दिइने व्यवस्था बजेटले गरेको छ ।