‘एक नेपाली, एक डिम्याट खाता’ अभियानलाई सार्थक बनाउन सनराइज क्यापिटलले निशुल्क खोल्ने « Arthapath.com
२१ असार २०८२, शनिबार

‘एक नेपाली, एक डिम्याट खाता’ अभियानलाई सार्थक बनाउन सनराइज क्यापिटलले निशुल्क खोल्ने



काठमाडौं । सनराइज क्यापिटलले निशुल्क डिम्याट खाता खोल्ने भएको छ । नेपाल सरकारको ‘एक नेपाली, एक डिम्याट खाता’ अभियानलाई सार्थक बनाउन जेष्ठ १६ गतेदेखि असार मसान्तसम्म सम्पूर्ण ग्राहकहरुलाई निःशुल्क डिम्याट खाता खोल्ने सुविधा प्रदान गर्ने क्यापिटलले जनाएको छ ।

क्यापिटलले शुरु गरेको निशुल्क अभियानबाट विशेषत पूँजी बजारभन्दा बाहिर रहेका गृहणी, विद्यार्थी तथा नयाँ लगानीकर्ताहरुलाई फाइदा पुग्ने र सर्वसाधारणहरुको डिम्याट खाताको पहुँच बृद्धि हुने विश्वास क्यापिटलले लिएको छ ।

सनराइज क्यापिटल लिमिटेडको कार्यालय कमलपोखरी, काठमाडौं तथा सनराइज बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरु र सनराइज क्यापिटलको वेवसाइटबाट समेत निशुल्क डिम्याट खाता खोल्न सकिने छ ।


प्रतिक्रिया दिनुहोस्