नेप्सेमा ९ विकास बैंकको ३ करोड ६५ लाख कित्ता बोनस शेयर सूचीकृत, कुनको कति ? « Arthapath.com
१६ जेष्ठ २०७९, सोमबार

नेप्सेमा ९ विकास बैंकको ३ करोड ६५ लाख कित्ता बोनस शेयर सूचीकृत, कुनको कति ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न विकास बैंकहरुको बोनस शेयर सूचीकृत भएको छ । गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट चुक्ता पूँजीको बोनस शेयर घोषणा गरेका थिए । सोही बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । गत आर्थिक बर्ष २०७७–७८ मा विभिन्न ९ वटा विकास बैंकहरुले मात्रै बोनस शेयर वितरण गरेका थिए ।

हालसम्म ९ वटा डेभलपमेन्ट बैंकहरुको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । नेप्सेमा ९ विकास बैंकको ३ करोड ६५ लाख ४१ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

१. महालक्ष्मी विकास बैंक लिमिटेडको २० प्रतिशत बोनस शेयर बापतको ६६ लाख ८४ हजार ८०५.४५ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद गरी कूल २१.०५२६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

२. एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको १२ प्रतिशत बोनस शेयर बापतको ९ लाख ७३ हजार ३४५.४६९७ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७६–७७ को नाफाबाट चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.६३ प्रतिशत नगद गरी कूल १२.६३ प्रतिशत लाभांश वितरण गरेको थियो । बैंकले अघिल्लो आर्थिक बर्ष बोनस शेयर वितरण गरेको थियो तर नेप्सेमा हालै मात्र सूचीकृत भएकाले यहाँ जोडिएको हो ।

३. मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको १३.३० प्रतिशत बोनस शेयर बापतको १० लाख ६० हजार ५११.३३ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७० प्रतिशत नगद गरी कूल १४ प्रतिशत लाभांश वितरण गरेको थियो ।

४. ज्योति विकास बैंक लिमिटेडको ११ प्रतिशत बोनस शेयर बापतको ४२ लाख २९ हजार ३०५.०६ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ४.५ प्रतिशत नगद गरी कूल १५.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

५. मुक्तिनाथ विकास बैंक लिमिटेडको १७.५७५ प्रतिशत बोनस शेयर बापतको ८४ लाख ५६ हजार ३००.५३ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट १७.५७ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.९२५ प्रतिशत नगद लाभांश गरी कूल १८.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

६. लुम्बिनी विकास बैंक लिमिटेडको १३ प्रतिशत बोनस शेयर बापतको ३७ लाख ७८ हजार ३८९.६१ कित्ता शेयर सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.६८४२ प्रतिशत नगद गरी कूल १३.६८४२ प्रतिशत लाभांश वितरण गरेको हो ।

७. शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडको १०.९३ प्रतिशत बोनस शेयर वापतको ३७ लाख २५ हजार ४५१.०५२५ कित्ता बोनस शेयर सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको १०.९३ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५७ प्रतिशत नगद गरी कूल ११.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

८. कामना सेवा विकास बैंक लिमिटेडको १८.५ प्रतिशत बोनस शेयर बापतको ४९ लाख ६ हजार १३२.९०३४ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट चुक्ता पूँजीको १८.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.९७ प्रतिशत नगद गरी कूल १९.४७ प्रतिशत लाभांश वितरण गरेको थियो ।

९. सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको १० प्रतिशत बोनस शेयर बापतको २७ लाख ३६ हजार ९७२.४२ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद गरी कूल १०.५२६३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

१०. गरिमा विकास बैंक लिमिटेडको १६ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत हुन बाँकी रहेको छ । बैंकले आर्थिक बर्ष २०७७–७८ को नाफाबाट १० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत हुने प्रक्रियामा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्